राष्ट्रको सुरक्षा र लम्पसारवाद

काठमाडौं । नेपालको सामरिक महत्वप्रति विशेष ध्यान दिई राष्ट्रको सुरक्षा नीति तय गर्ने कार्य पृथ्वीनारायण शाहले बाहेक अरू कुनै शासकले सोचेनन् ।

राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव केही हदसम्म नेपालको सामरिक महत्व र राष्ट्रिय सुरक्षा व्यवस्थालाई जोड्ने प्रयास थियो तर यो पनि सचेत योजनाभन्दा भावना र संयोग बन्न पुग्यो ।

उतिबेला जब भारतमा साम्राज्यवादी बेलायती उपनिवेशको शासन थियो, त्यसले पटकपटक काठमाडौं उपत्यकालाई आफ्नो अधीनमा राखेर तिब्बतको व्यापारमाथि आफ्नो कब्जा जमाउने प्रयास गर्‍यो ।

सिन्धुलीको युद्धमा पृथ्वीनारायण शाहले अंग्रेजहरूलाई चतुर्‍याइँपूर्वक नहराएको भए नेपाल आज भारतको बंगाल, बिहार र उत्तर प्रदेशका पहाडी जिल्लाका रूपमा रहने थियो र इतिहास मेटिने थियो ।

पृथ्वीनारायणको गहन र विश्लेषणात्मक क्षमताकै कारण ब्रिटिसहरूले उपत्यका कब्जा गर्न पाएनन् । यही कारणले होला ब्रिटिस शासकहरू र उनीहरूका इतिहासकारले पृथ्वीनारायणको सधैं विरोध गरे र उनका बारेमा भ्रम छर्ने प्रयास अहिलेसम्म पनि गरिरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।