फुटको संघारमा राप्रपा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टीका नेता पशुपतिशमसेर राणालाई थाहा नदिई शुक्रबार ४२ जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएपछि पार्टी फुटको संघारमा पुगेको छ ।

पार्टी नेता राणाले थापालाई आयोगमा बुझाइएका ४२ जनाको नाम तत्काल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए पार्टीमा विग्रह आउने चेतावनी दिएका छन् ।

‘मलाई थाहा नदिएर थापाले ४२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरी निर्वाचन आयोगमा पठाएका छन । तत्काल ती नाम फिर्ता लिन आग्रह गरेको छु’, नागरिकसँग राणाले भने–‘४२ जनाको नाम फिर्ता नलिए पार्टीभित्र विग्रह आउँछ ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।