भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बस र चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा शनिबार अपराहृन भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा ४ ख १९९१ नम्बरको बस र भक्तपुरतर्फ जाँदै गरेको बा ८५ प ९९२८ नम्बरको बस एकआपसका ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी हुन । उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

बस र चालक रामकुमार महतलाई महानगरीय प्रहरी वृत्त थिमीले आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएको छ ।