२३ बर्षअघि हत्या गरी फरार रहेका दुई जना पक्राउ

सर्वस्वसहित जन्मकैदको सजाय

काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको प्रहरीले २३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादीलाई काठमाडौं बालाजुबाट बिहीबार पक्राउ गरेको छ ।

२०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेर हालसम्म फरार रहेका दुबैलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सप्तरी साविक पकरी गाबिस–६ हाल महादेवा गाउँपालिका–१ स्थायी वतन भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादव रहेको प्रहरीले जनाएको छ ।

उक्त कर्तब्यज्यान मुद्दामा सर्वोच्च अदालतको २०६२ चैत ७ गतेको फैसलाले दुवैजनालाई सर्वश्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।

उक्त फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरी बताएको छ ।