चिनियाँ प्रख्यात अभियानकर्ता शिआबोको मृत्यु

अन्तर्राष्ट्रिय रुपमा चिनको आलोचना

चिन । चिनियाँ प्रख्यात अभियानकर्ता ल्यो शिआबोको कलेजोको क्यान्सर उपचार देश बाहिर चीनले गर्न नदिएका कारण उनको मृत्यु भएको छ । उक्त कारणले गर्दा चीनले अन्तर्राष्ट्रिय रुपमा आलोचना खेपिरहेको छ।

राज्यद्रोह गरेको अभियोगमा ११ वर्षे जेल सजाय काटिरहेका ल्योको ६१ वर्षको उमेरमा हिजो चीनको एक अस्पतालमा निधन भएको हो।

यी अभियानकर्तालाई सम्मान व्यक्त गर्ने क्रममा उनलाई सन २०१० को नोबेल शान्ति पुरस्कार प्रदान गरेको नोबेल समितिले उनको मृत्यूको जिम्मेबार मुख्यतः चीन रहेको बताएको छ।

चीनमाथि अहिले ल्योकी श्रीमती तथा कवि ल्यो शियालाई मुक्त गर्न आग्रह गरिएको छ। पश्चिमा मुलुकहरुले ल्योलाई देशबाहिर लगेर उपचार गर्न आग्रह गरेका थिए तर चीन सरकारले त्यो अस्वीकार गरेको थियो र चिनिया चिकित्सा विज्ञहरुले उनी असाध्यै विरामी रहेकाले यात्रा गर्न नसक्ने बताएका थिए।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)