बैतडीमा ९० प्रतिशत मुद्दा फछ्र्यौट

बैतडी । बैतडी जिल्ला अदालतले चालु आर्थिक बर्ष २०७३÷७४ मा ९० प्रतिशत मुद्दा फछ्र्यौट गरेको बुधबार पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

गत आर्थिक वर्ष २०७२÷७३ बाट सरी आएको १० गरी चालु आर्थिक वर्षमा ८३ मुद्दा परेकामा ७५ मुद्दा फछ्र्यौट भएका जिल्ला न्यायाधीश ध्रुवकुमार शाहले जानकारी दिनुभयो । छिटोछरितो, सर्वसुलभ न्याय दिन अदालतले विगतका वर्षभन्दा मुद्दाको फछ्र्यौट छिटो गर्न थालेको उनले बताएका छन ।

चालु आवमा सबैभन्दा बढी अंश विवादसम्बन्धी ३३ मुद्दा परेकामा २९ मुद्दा फछ्र्यौट भइसकेका छन् । यस्तै, सम्बन्ध विच्छेदका १० मुद्दामा १०, खिचोला ६ मुद्दा परेकामा ६, जबर्जस्तीकरणीका पाँच मुद्दा परेकामा चार तथा गाली–बेइज्जतीका पाँच मुद्दा परेकामा चार मुद्दा फछ्र्यौट भइसकेका छन ।

चार अंश मुद्दा, जबर्जस्तीकरणी, सरकारी छाप कीर्ते, समूहमा दर्ता गरी पाऊँ, गाली–बेइज्जती एक–एक गरी आठ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् ।

बाँकी रहेका मुद्दा पनि भर्खरै परेकाले अदालती प्रक्रियाअनुसार अङ्ग नपुगेकाले फछ्र्यौट हुन नसकेको न्यायाधीश शाहले बताएका हुन ।

न्यायालयको पञ्चवर्षीय रणनीतिअनुसार समयमै मुद्दाको फछ्र्यौट गर्ने गरेको जानकारीसमेत उनले दिएका छन । यसैबीच, चालु आवमा दुई लाख ६७ हजार १२७ जरिवाना असुल गरेको बैतडी जिल्ला अदालतले जनाएको छ ।

गत आव २०७२÷७३ मा ८२ मुद्दा परेकामा ६२ मुद्दा फछ्र्यौट भएका थिए । रासस