अदालतको फैसलाः ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई ठूलो धक्का

कैद सजायविरुद्ध पुनरावेदन गरिने

ब्राजिलब्राजिलको एक अदालतले पूर्व राष्ट्रपति लुइस इनासिओ लुला डा. सिल्भाले घुसको रुपमा समुद्र तटमा दश लाख डलरभन्दा बढी मूल्य पर्ने एक अपार्टमेन्ट लिएको अभियोगमा अदालतले दोषी ठहर गरेको छ।

अदालतको फैसला लुलाका लागि ठूलो धक्काको रुपमा आएको छ। उनका वकिलले कैद सजायविरुद्ध पुनरावेदन गरिने बताए।

कानुनी प्रक्रिया नटुंगिएसम्म उनले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन्। लुलाको दलका एक नेता कार्लोस जराटीनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको बताए।

उनले भने–‘न्यायाधीशको निर्णय एक व्यापारीको बयानमा आधारित छ। यो निर्णय लुलालाई सन् २०१८को राष्ट्रपतीय चुनावमा भाग लिन नदिने हिसाबले गरिएको हाम्रो ठहर छ।’

युनियनको पूर्व नेता रहेका लुलाले बाल्यकालमा गरीबी भोगेका थिए। तर उनी देशकै सबैभन्दा प्रसिद्ध राष्ट्रपति बन्न पुगे।
उनका नीतिले सामाजिक र आर्थिक असमानताहरु हटाउन सहयोग पुर्याएको ठानिन्छ। (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)