नगर प्रमुखको प्राथमिकतामा खानेपानी योजनाः नगरप्रमुख श्रेष्ठ

यस नगर क्षेत्रमा अझै ८० प्रतिशत नागरीकहरु करको दायरामा आउन सकेका छैनन्

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताएका छन ।

रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणाबढी बजेट विनियोजन गर्ने बताउँदै उहाँले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिएका हुन ।

मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उनले बताएका छन ।

उनले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिएका छन । यस नगरमा अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेका छैनन् ।