दुर्घटनामा एक वृद्ध महिलालको मृत्यु

सवारी चालक प्रहरी नियन्त्रणमा

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ ।

सल्यानटार स्थित सानागाउँमा ना. १ ज. ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । रासस