प्रचण्ड आज थाइल्यान्ड जादै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज थाइल्यान्ड जादै छन ।

अध्यक्ष प्रचण्डकी श्रीमती सीता दाहालको स्वास्थ्यमा समस्या भएकाले उनको उपचारका लागि थाइल्यान्ड जान लागेका हुन।

पहिले नै तयार पारिएको कार्यतालिकाअनुरुप पत्नी सीताको फलोअपका लागि दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले बताएका छन ।

उनको आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ ।