बङ्गलादेशसँगको खेलमा नेपाल विजयी

शुन्यका विरुद्ध १ गोल

काठमाडौं । नेपालले २३ वर्षमुनिको राष्ट्रिय टोलीसँगको फुटबल खेलमा बङ्गलादेशलाई पराजीत गरेको छ । युएईमा हुने एएफसी यु–२३ च्याम्पियनसिप तयारी खेलमा १–० ले पराजित गरेको हो ।

उक्त खेलमा हाफटाइम अगावै नेपालका विमल घर्तिमगरले पहिलो गोल गरेका थिए । उक्त खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा भएको थियो ।

आज भएको सो खेलमा दुबै देशका खेलाडिहरुले कडा प्रतिस्पर्धात्मक प्रस्तुती प्रर्दशन गरेका थिए । दुवै टोलीले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । हापटाइम पछिको समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा नेपाल विजयी भएको छ ।