नेपालगञ्जमा बाढीको पूर्व तयारी अभ्यास सुरु

९ लाखको डुङ्गा खरीदमा रेडक्रसको सहयोग

बाँके । वर्षातको शुरुवातसँगै बाँकेको नेपालगञ्जमा बाढिले निम्त्याउने खतरा र त्यसबाट बच्ने उपाएको पिषयमा सचेतना दिने उद्देश्यले पूर्व तयारी अभ्यास गरिएको छ ।

सोमबार नेपालगञ्जमा अवस्थित वागेश्वरी मन्दिरमा रहेको पोखरीमा खोज तथा उद्धारका लागि रबर बोटका माध्यमबाट उक्त प्रयोगात्मक अभ्यास गरिएको हो ।

प्रत्येक वर्ष वर्षायामको समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने होलिया, बेतहनी, कालाफाँटा, कटकुँइया र कम्दी गाविसमा बाढि प्रकोपले विगतमा ठूलो धनजनको क्षति हुदै आएकोले उक्त जोखिमबाट जागिन त्यस्तो अभ्यास गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताएका छन ।

उक्त अभ्यासमा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैबी प्रकोप उद्धार समितिको संयोजक रविलाल पन्थ, बाँके प्रहरी प्रमुख टेकप्रसाद राई, शसस्त्र प्रहरी बलका प्रमुख लगायत अन्य सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

यसअघि रवरबोट नेपाली सेना र शसस्त्र प्रहरीसँग मात्र भएता पनि अहिले भने जिल्ला दैबी प्रकोप उद्धार समितिका लागि पहिलो पटक यस्तो डुङगा नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको बताइएको छ ।

हरनेपाल डककमसँगको टेलिफोन वार्तामा बोल्दै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले उक्त डुङ्गाको मूल्य ९ लाख ६१ हजार ६५ रुपैंयाकोे हुने बताए । नेपाल रेडक्रस सोसाईटीले उद्धार समितिलाई उक्त डुङ्गाको लागि सहयोग गरेको समेत जनाए ।