बन्दका क्रममा नेकपाका आधा दर्जन बढी नेता कार्यकर्ता पक्राउ

ठाउँ ठाउँमा सुरक्षा कर्मि परिचालन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसहित नौ जना नेता कार्यकर्ता पक्राउ परेका छन ।

नेकपाले स्थानीय तहको निर्वाचनमा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहाईको माग गर्दै गरेको नेपाल बन्द आव्हानका क्रममा कलङ्गकी बाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आजका यस बन्द कार्यक्रम सहभागी भएका नेकपा निकटको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पुर्ण बहादुर सिङ, लोकेश बिक,भीष्म शाही,टंक जोसी,गोरख शाही, प्रज्वल शाही लगाएतलाई प्रहरीले पक्राउ गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबहादुर बिकले हरपल नेपाल डटकमलाई बताएका छन ।

पक्राउ परेकालाई कालिमाटी प्रहरी वृतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बन्दको वेलामा पनि सर्बसाधारणको जनजीवनमा सहज पार्न व्यापक सुरक्षा कर्मि परिचालन गरेको प्रहरीले बताएको छ ।