पाल्पामा विवाहको जीप बगाउँदा चार जना वेपत्ता

प्रहरीद्धारा उद्धार कार्य जारी

पाल्पा । लगातार बर्षाका कारण पाल्पामा आएको खोलाले जीप बगाउँदा ४ जना बेपता भएका छन् ।

विवाहमा गएको लु १ ज १२१७ नम्बरको जीप बाढीले राति करिब १२ बजे बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।

उक्त घटनामा परी तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कवर मगर बेपत्ता भएको पाल्पा स्थित प्रहरीले बताएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता भएका व्यक्तिको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले बताएको छ ।