खोलाले बगाएर तीनजना बालक बेपत्ता

प्रहरीद्धारा खोजि कार्य जारी

बझाङ । काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरालाई खोलाले बगाएर तीनजना बालक बेपत्ता भएका छन् । उक्त बालकहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँच्चिदा तीनैजना बेपत्ता भएका हुन् । खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका स्थानीय बासिन्दा बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।

बेपत्ता तीनैजनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । रासस