सल्यानमा बस दुर्घटनाः २५ जना घाइते

घाइतेको उपचार हुँदै

सल्यान । दाङबाट रुकुमकोटका लागि आज विहान छुटेको बस सल्यानमा दुर्घटना हुदाँ २५ जना घाइते भएका छन् ।

ना ४ ख ५७५४ नंम्बरको बस सल्यानको सल्लेखोलामा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन । ती घाइते मध्य १२ जनाक अवस्था गम्भिर रहेको छ ।

उक्त घटनाको उद्धारका लागि प्रहरी र स्थानीयहरु विहानदेखि खटिएका छन । बस भीरबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा  लगिएको छ।