नासाले पहिलो पटक गुरुपूर्णिमामा प्रस्तुत गर्यो चन्द्रमाको तस्बिर

चन्द्रमाको तस्बिर ट्वीटर ह्यान्डल मार्फत जारी

अमेरिका । आज गुरुपूर्णिमा हो । यसपटक यो दिनलाई अमेरिकी अन्तरिक्ष अन्तर्राष्ट्रिय सञ्चार माध्यमद्धारा नासाले पनि याद गरेको छ ।

शनिबार नासाले पहिलो पटक गुरुपूर्णिमामा आफ्नो ट्वीटर ह्यान्डलमार्फत चन्द्रमाको तस्बिर जारी गरेको छ । गुरुपूर्णिमाका दिन देखिने चन्द्रमालाई संसारभरी अन्य कुन नामबाट चिनिन्छ भन्नेबारे पनि नासाले बताएको छ ।

गुरुपूर्णिमाको चन्द्रमालाई हे मून, मीड मून, राइप कोर्न मून, बक मून र थंडर मून भनिन्छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमद्धारा प्रकाशित )