जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अमेरिका एक्लियो

१९ देशहरु पेरिस सम्झौताबाट पछि नहट्ने

अमेरिका । जी ट्वेन्टी भनिने विश्वका प्रमुख २० आर्थिक शक्ति राष्ट्रहरुको ह्यामवर्गमा भएको सम्मेलनको अन्तिम वक्तव्यले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अमेरिका एक्लिएको पुष्टी गरेको छ। तर उक्त सम्मेलन अभूतपूर्व रुपमा सफल भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

उक्त संयुक्त वक्तव्यमा पेरिस सम्झौताबाट अलग हुने अमेरिकी निर्णय र दीर्घकालिन रुपमा खनिज इन्धन प्रतिको उसको प्रतिबद्धतालाई जानकारीमा लिएको उल्लेख गरिएको छ। तर अन्य १९ देशहरुले पेरिस सम्झौताबाट पछि हट्न नसकिने घोषणा गरेका छन्।

सम्मेलन समाप्तीपछि टर्कीका राष्ट्रपतिले अमेरिका उक्त सम्झौताबाट अलग भएसँगै विकाशसिल देशहरुलाई दिइने भनिएको क्षतिपूर्तिको सम्भावना कमजोर बनेको र उक्त सम्झौता अनुमोदन गर्न उनको देशलाई कठिनाइ रहेको बताएका थिए।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)