आज गुरुपूर्णिमा: विशेष रुपमा मनाइदै

गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्ने दिन

काठमाडौं । अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।

सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् ।

                                                     गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
                                                     गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः–

मुस्लिमहरूको मदर्साका मोल्वी साब हुन् वा इसाईको चर्चका पादरी हुन्  वा जुनसुकै भाषा सस्कृति सिकाउने, ज्ञानको ज्योति फिजाउने सबै सबै शिक्षक, शिक्षिकाहरू, गुरु आदणिय व्यक्तित्वहरुलाई आजको दिन श्रद्दा व्यक्त गर्ने परम्परा चल्दै आएको छ ।

आजको संसारमा जत्तिसुकै आधूनिकता विज्ञान प्रविधि विकासले जनजीवन सहज भएपनि त्यो सबै उपलब्धी भने गुरुकै कारण सम्भव भएको हो । तसर्थ गुरु दियो हो जो आफु बलेर अन्धकार हटाउछ र ज्योति बालिरहन्छ ।

अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने र शिक्षा दिने महत्वपुर्ण व्यक्ति नै गुरु हुन । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आज श्रद्दा व्यक्त गर्ने गरिन्छ ।