एमाले पछि फोरम नेपालले पनि गर्यो संविधान संशोधनको बिरोध

संविधान संसोधनले मधेशको समस्या समाधान नहुने

काठमाडौ । संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव माथि सत्तारूढ़ दलहरु बीच सहमति जुटनै लाग्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनको विरोध गरेको छ ।

फोरम नेपालको जारी पदाधिकारी बैठकमा संविधान संशोधनले मधेशको समस्या समाधान नगर्ने भएकोले यसलाई अझै परिमार्जन गर्न सरकारसंग माग गरको छ ।

फोरम नेपालको पार्टी पदाधिकारी बैठकमा संविधान संशोधनलाई यथास्थितिमा स्वीकार गर्न नहुने भन्दै यसको बिरोध गर्ने र परिमार्जन सहितको संशोधनको लागि सरकार माथि दबाब दिने आतंरिक निर्णय भएको पार्टी निकट स्रोतले जनाएको छ ।

अहिले सम्म प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य साना दल मात्रै संशोधनको बिरोध गरि रहेका थिए तर, सरकारलाई समर्थन गरि रहेका संघीय समाजवादी फोरम नेपालले विरोध गरे पछि संशोधन प्रस्ताव पारित हुने सम्भावना कम हुँदै गएको छ ।

राष्ट्रीय जनता पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता गराए पछि सतारूढ़ दलहरु संविधान संशोधन प्रस्ताव पारित गर्न सहमती जुटाउने तर्फ सक्रिय भएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउबाले राजपा दल दर्ता संगै बालुवाटारमा राजपाका शीर्ष नेताहरु लाई बोलाएर संविधान संशोधन पारित गर्न प्रयास थालिएका थिए ।

शुक्रवार सांझ प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा राजपाका शीर्ष नेताहरु बाहेक, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताुहरुको पनि उपस्थिति रहेको थियो ।

यस बैठकमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने राजपा नेता र सतारूढ़ दलका नेताहरु बीच सहमती भएको थियो ।

शनिवार बिहान प्रधानमन्त्री देउबाले सतारूढ़ दल माओवादी केन्द्र फोरम लोकतान्त्रिक सहित राप्रपाका शीर्ष नेताहरुलाई पनि बालुवाटार डाकेर संविधान संशोधनमा उनिहरुको धारणा बुझेका थिए ।

राप्रपाले पनि संविधान संशोधनमा आफुहरू सकारात्मक रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।