बाँकेमा ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

आवश्यक अनुसन्धान हुँदै

बाँके । बाँकेको खजुरा गाउँपालिका–२ स्यानीगाउँ बस्ने ६२ वर्षीया महिलालाई घर नजिकैको जङ्गलमा लगी बिहिबार जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ४५ वर्षीय बम बहादुर खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।