राष्ट्रपति ट्रम्प र पुटिनबीच पहिलो भेटवार्ता

चुनाव ह्याकिङबारे छलफल

अमेरिका ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी ट्वेण्टी शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको छ।

उनिहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आरोपित रुसी हस्तक्षेपबारे छलफल गरेका छन्। अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले दुईजनाबीच महवपूर्ण कुराकानी भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्ने प्रष्ट नभएको बताए।

रुसी विदेश मन्त्री सेर्गेइ लावरोवले ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रुस संलग्न नरहेको भन्ने पुटिनले आश्वस्त तुल्याउन खोजेको कुरालाई ट्रम्पले स्वीकार गरेका बताए।

टिलरसेनले भने–‘दुई राष्ट्रपतिहरु असाध्यै छिटो एकअर्कासँग घुलमिल भए र उनीहरुबीच सकारात्मक भावना देखियो।’(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)