विराटनगर महानगपालिकामा फोरम नेपालको अग्रता

२९८ को मतान्तर

मोरङ । मोरङको विराटनगर महानगरपालिकामा अहिलेसम्मको मतपरिणाम अनुसार फोरम नेपालले अग्रता कायम गरेको छ ।
फोरम नेपालका मेयरले १७५९३ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन ।

त्यसैगरी नेपाली कांग्रेसका मेयरले १७२९५ मत प्राप्त गरी दोश्रो स्थान कायम गरेका छन भने नेकपा माओवादी केन्द्रका मेयरले १४१५४ मत ल्याइ तेश्रो स्थान कायम गर्न सफल भएका छन ।