प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

सप्तरी । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरेका छन ।

उनले सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानको बारेमा उनले जानकारी पनि लिएका छन ।

एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि सहभागि भएका थिए । रासस