करेन्ट लागेर एक महिलाको मृत्यु

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन् । रासस