इटहरी उपमहानगपालिकामा मेयर, उपमेयर पदमा एमाले विजयी

मेयरमा २४२७ को मतान्तर

सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमालेका उम्मदेवार विजयी भएका छन् ।

मेयर पदका उम्मेदवारल द्वारिकलाल चौधरीले २२ हजार ४ सय १२ मत प्राप्त गरी विजयी भएका हुन भने उपमेयर पदका उम्मेदवार लक्ष्मी गौतमले २२ हजार १ सय ४२ मतप्राप्त गरी विजयी भएकी छन ।

उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रसका मेयर उम्मेदवार रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरी पराजित भएका छन ।

त्यसैगरी उपमेयर पदका उम्मेदवार नेपाली कांग्रेसकी नेत्री विमला ढकालल १८ हजार ३ सय ५२ मत ल्याएकी छन ।