अनेरास्ववियु क्रान्तिकारीद्धारा उपत्यकाका चर्को शुल्क लिने विद्यालयका बस तोडफोड

शिक्षा मन्त्रलयसँग भएको सहमति कार्यन्वयन गर्न माग

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीले चर्को शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयका बस तोडफोड गरेका छन ।

शिक्षा क्षेत्रमा भएको दलालीकरण र व्यापारिकरण अन्त्य गर्ने भन्दै गरिएको आन्दोलनका क्रममा आज विहान करिब सात बजे पाठासाला स्कुल, टिरिनिटी र युरोकिड्स स्कुलका बस तोडफोड गरेका हुन ।

जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति कार्यन्वयन नभएकाले आन्दोलनरत उक्त संगठनले यस्तो प्रक्रिया अपनाउनु परेको बताएको छ ।