राजपामा अढाई महिनामै विभाजनको रेखा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो ।

तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५ (७ दिनबीच पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताए ।

अध्यक्ष ठाकुरको भनाइको सोझो अर्थ हो( दल दर्तासँगै पार्टी विभाजन । मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ । बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिएका थिए । यो समाचार आजका अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।