कतारमाथि नाकाबन्दी लगाउने मुलुकका राजदूत सिंहदरबारमा

काठमाडौ । कतार माथि नाकावन्दी लगाउने साउदी अरव,संयुक्त अरव इमिरेटस ९यूएइ० बहराइन र इजिप्टका कुटनीतिज्ञ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई कतारले आतंकवादीहरुलाई बित्तिय सहयोग गरेका कारण नाकावन्दी लगाउनु परेको प्रष्टीकरण दिन उनीहरु सिंहदरवार पुगेका हुन ।

परराष्ट्र मन्त्रालयमा मन्त्री महरासँग भएको भेटवार्तामा साउदी अरबका राजदूत अब्दुल नसेर हुसेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नविल अब्देलफटाह हेल्मी र संयुक्त अरब इमिरेटकाका कार्यबाहक राजदूत हइटहम अल हमादीले शिष्टाचार भेट गरेका हुन ।

सो अवसरमा पराष्ट्रमन्त्री महराले गल्फ मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै भने–‘यहाँहरुको मुलुकमा काम गर्ने लाखौं नेपालीको सुरक्षा हाम्रो पहिलो चासो हो ।’ सुरक्षित रुपमा नेपालीले काम गर्न पाउनुपर्नेमा उनको जोड थियो ।यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।