अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम । इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडाध्यक्षको अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग गरेको आन्दोलनरत दलहरूले आरोप लगाएका हुन् ।

राजेन्द्र केरुङको संयोजकत्वमा १५ सदस्यीय गठबन्धन दलहरूको विज्ञप्तिमा भनिएको छ– ‘अल्पसङ्ख्यक जाति भनेको को हो रु निर्वाचित अध्यक्षले बुझ्नुपर्ने’ उल्लेख गरेका छन् । आरोपको स्पष्टिकरण नआउञ्जेलसम्म तालाबन्दी जारी राखिने विज्ञप्तिमा उल्लेखे छ ।

दलगत स्वार्थमा फसेर अधिकारको दुरुपयोग गरी दुई व्यक्तिलाई अल्पसङ्ख्यक वान्तवा हुन् भन्दै प्रमाणित गरेको वडा नं ३ का वडाध्यक्ष नरबहादुर लावतीले भने–‘अध्यक्षज्यू दलगत स्वार्थमा फस्नुभयो’  उनले भने –‘हामीले पाएको अधिकारसमेत हस्तक्षेप भएको छ ।’