मन्त्रीमण्डल विस्तार गर्न एक हप्ता लाग्छः प्रवक्ता भुसाल

तेश्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता, दश दिन लाग्न सक्ने बताएकी छन ।

आज भक्तपुरमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले त्यस्तो बताएकी हुन । सत्ता साझेदार दल नेपाली काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न ढिला भएको उनले बताएकी छन ।

उनले माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न हुने र आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने बताएकी छन ।