दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

मेयर र उपमेयरमा निकै फराकिलो मतअन्तर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । उक्त नगरपालिकाको उपमेयर मा घनश्याम पाण्डे विजयी भएका हुन। उपमेयरमा माया आचार्य विजयी भएकी छन ।

मेयर र उपमेयरमा निकै फराकिलो मतअन्तरले एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा जित हासिल गरेका पाण्डेले २२८५७ मत र उपमेयरमा आचार्य २१०३७ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १८९०३ मत र उपमेयर देबिका नेपालीले २०१८५ मत प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रका मेयर उम्मेदवारले ८६९३ मत र उपमेयर सीता ओलीले ९०५१ मत प्राप्त गरेका छन ।