इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता

माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा

इटहरी । इटहरी उपमहानगपालिकाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयरले अग्रता कायम गरेका छन ।

मेयरले १९८५ मत प्राप्त गरेका छन भने उपमेयरले १८९४३ मत ल्याई अग्रता कायम गरेका हुन ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका मेयरले १७६४१ मत प्राप्त गरेका छन । उपमेयरले १६१३३ मत प्राप्त गरी दोश्रो सथान कायम गर्न सफल भएका छन ।

त्यस्तै गरी नेकपा माओवादी केन्द्रका मेयरले २८७९ मत प्राप्त गरेका छन भने उपमेयरले ३८७९ मत ल्याएका छन ।

राप्रपाका मेयरले २२३४ मत प्राप्त गरेका छन भने उपमेयरले २८१२ मत ल्याउन सफल भएका छन । अहिले सम्मको मतपरिणाम अनुसार माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा भैरहेको छ ।