पूर्वप्रधानमन्त्री खनाल कोरिया प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल कोरिया प्रस्थान गरेका छन् । एसिया–युरोप राजनीतिक दलको पहिलो सम्मेलन तथा एसियाली राजनीतिक दल (आइक्याप) को २८ औँ बैठकमा भाग लिन खनाल कोरिया प्रस्थान गरेका हुन् ।

सम्मेलन जुलाइ ६ देखि १२ सम्म चल्नेछ । कोरियामा रहँदा खनालले विभिन्न देशका नेतासँग छलफल गर्ने कार्यक्रमसमेत रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाल आइक्यापको स्थायी समिति पनि सदस्य हुन् ।

कांग्रेस नेतृ सुजाता कोइराला पनि त्यस सम्मेलनमा भाग लिन कोरिया प्रस्थान गरेकी छिन् । कोरियामा रहँदा कोइरालाले भारत, चीन, फिलिपिन्स, कोलम्बिया, इरान, इन्डोनेसिया र श्रीलंकाका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । कोइराला पनि आइक्यापकी स्थायी समिति सदस्य हुन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।