महोत्तरीमा एक जना अवैध सामान सहित पक्राउ

आवश्क अनुसन्धान हुँदै

महोत्तरी । महोत्तरीको औरही गाउँपालिका–१ स्थित औरही चोकमा जाँच गर्ने क्रममा एक जना अवैध सामानसहित पक्राउ परेको छ ।

ज ५ प ६६१४ नम्बरको मोटरसाइकलमा आईरहेका भारतको साङली मढणगाव सागंली महाराष्ट्र बस्ने २२ वर्षीय अनिल कोट्टेकरलाई सामान सहित पक्राउ गरिएको हो ।

उनले अवैध रुपमा झोलामा लुकाई छिपाई ल्याएको १ केजी ६ सय १४ ग्राम चाँदीका बिभिन्न गरगहना र ९केजी ८ सय ८० ग्राम सुन सहित बुधबार कोट्टेकरलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि बुधबार राजश्व अनुसन्धान मध्ये क्षेत्रीय कार्यालय पथलैया बारा पठाएको प्रहरी श्रोतले जानकारी दिएको छ ।