दिपायलपायल सिलगढी नगरपालिकाको मतगणना स्थगित

एमालेको अग्रता

डोटी। डोटीको दीपायल सिलगढी नगरपालिकाको मतगणना स्थगित भएको छ । उक्त नगरपालिकाको वडा नं ९को ३ वटाबुथका मत गणना गर्दा २० वटा मतपत्र नभेटिएपछि मतगणना सथगित भएको हो ।

त्यस नगरपालिकामा १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसक्दा नेकपा एमाले मेयर र उपमेयरमा अग्रस्थानमा रहेको छ ।

निर्वाचन आयोगले दिएको तथ्याङक अनुसार पछिल्लो मत परिणाम:-
मेयर          उपमेयर
काँग्रेस         ३८५७        ३७८३
एमाले          ३८७२        ४०४६