सुनसरीमा फोरम लोकतान्त्रिक विजयी

सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा फोरम लोकतान्त्रिकका मेयर पदका उम्मेदवार वेदनारायण गच्छदार विजयी भएका छन ।

उनी ७४२० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्धी कांग्रेसका गौरिशंकर रौनियारले ५६१५ मत प्राप्त गरेका छन ।

उक्त नगरमा उपमेयरमा फोरम लोकतान्त्रिककै सुनिता दाहाल ६६८३ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका चन्द्रकलादेवी विश्वासले ५८८१ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ ।