बर्दियाको ठाकुरबाबा नगरपालिकामा मेयरमा एमाले, उपमेयरमा माओवादी केन्द्र विजयी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको अन्तिम मत परिणा सार्बजनिक भएको छ । मेयर पदका उम्मेदवार नेकपा एमालेका घननारायण श्रेष्ठले ७०७४ मत प्राप्त गरी विजयी भएका छन । त्यसैगरी उपमेयर पदमा ७०८६ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रकी कृष्णा कुश्मा थारु(आस्था) विजयी भएकी छन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार नेत्र आचार्यले ६९५५ मत प्राप्त गरेका छन । त्यसैगरी उपमेयरमा उनका प्रतिद्धन्द्धी एमालेकीबिना भट्टराईले ६९७५ मत प्राप्त गरेकी छन ।

ठाकुरबाबा नगरपालिकाको १,२ र ४ नं वडामा माओवादी केन्द्र विजयी भएको छ र ३, ६ र ५ नं वडामा नेकपा एमाले विजयी भएको छ, त्यसैगरी ७ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

निर्वाचन आयोगले दिएको तथ्याङक अनुसार यस्तो छ मत परिणाम

                               मेयर        उपमेयर

काँग्रेस                   ४५४०       ४७११
एमाले                    ७०७४       ६९७५
माओवादी केन्द्र     ६९५५        ७०८६