बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी

बैतडी । पुर्चौडी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगर प्रमुखका उम्मेदवार रणबहादुर कुँवरले चार हजार ४४६ मत ल्याई विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपक बमले चार हजार १११ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याई विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गरेकी छन ।

पुर्चौडी नगरपालिकाको १० वटा वडा मध्ये ६ वडाध्यक्षमा काँग्रेस, तीनमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ ।

काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा गणेश गडाल, २ मा चक्रबहादुर बम, ७ मा रामबहादुर ऐरी र ८ मा जनक विष्ट विजयी भएका छन भने एमालेबाट वडा नं ४ मा गौतम भट्ट, ६ मा जगी साउद र १० मा जीतबहादुर विष्ट निर्वाचित भएका
छन ।

माओवादी केन्द्रबाट वडा नं ३ मा दलबहादुर धामी, ५ मा नागी खडायत र ९ मा रम्बा बोहरा विजयी भएका छन ।

बैतडीका कुल १० वटा स्थानीय तह मध्ये काँग्रेस ६ वटामा, एमाले तीन तथा माओवादी केन्द्र एउटामा विजयी भएको छ । रासस