ठाकुरबाबा नगरपालिकामा ५७९ मतले एमाले अग्रस्थानमा

८ र ९ वडाको मतगणना जारी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं १ देखी ७ सम्मको मतगणना सकिँएको छ । मेयर पदमा ५७९ मतले एमाले अग्रस्थानमा रहेको छ । त्यसैगरी उपमेयर पदमा १२४ मतले एमाले अगाडि रहेको छ ।

ठाकुरबाबा नगरपालिकामा तीन वटा वडामा माओवादी केन्द्र विजयी भएको छ र तीन वटा वडामा नेकपा एमाले विजयी भएको छ, त्यसैगरी एक वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

उक्त नगरपालिका वडा नम्बर १,२ र ४ मा माओबादी केन्द्र प्यानलसहित विजयी भएको छ । त्यसैगरी वडा नं ३, ६ र ५ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडा नं ७ मा अध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ ।

अहिले वडा नं ८ र ९ को मतगणना कार्य जारी रहेको छ । अब झण्डै २४ सय मत गणना गर्न बाँकी रहेको छ ।

निर्वाचन आयोगले दिएको तथ्याङक अनुसार उक्त नगरपालिकाको पछिल्लो मत परिणाम यस्तो रहेको छ:–

                          मेयर                  उपमेयर

काँग्रेस           ४०९९              ४२१५

एमाले            ६४३७             ६२४२

माओबादी      ५८५८            ६११८