अछामको चौरपाटी गाउँपालिकामा नेकपा एमाले विजयी

कांग्रेसका उम्मेदवार एक मतले पराजित

अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भएका छन् । साउदले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदलाई १ मतले पछि पार्दै विजयी भएका हुन् ।

साउदले ३ हजार एक सय ३८ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी माया कुँवर विजयी भएकी छन् । उनले ३ हजार १ सय ७३ मत प्राप्त गरेकी छन भनेएमालेकी सुशीला साउदले ३ हजार १ सय १ मत ल्याएर पराजित बनेकी छन।