सिन्धुपाल्चोकमा बस दुर्घटनाः ३६ जना घाइते

धुलिखेल अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको साँगाचोकको पोखरेबेसीमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन । उक्त घटनाबाट घाइते भएका छ जनाको अवस्था गम्भिर रहेको छ ।

आज विहान काठमाडौं जाँदै गरेको बा २ ख २७०२ नम्बरको बस साँगाचोकको पोखरेबेसीमा दुर्घटना हुँदा सडकबाट करिब २० मिटर तल खसेको हो ।

उक्त दुर्घटनामा घाईते भएकालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।