सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

घटनाको अनुसन्धान हुँदै

सिरहा । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ ।

भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ निवासी ४० वर्षीया लाटी भन्ने लाटी पुलामी मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उनको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस