मंगलसेन नगरपालिकामा एमाले विजयी

१३८ मतान्तर

अछाम । अछामको मंगलसेन नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदवार विजयी भएका छन ।

उक्त नगरपालिकाको एमालेका मेयर पदका उम्मेदवार पदमबहादुर बोहराले ४६९१ मत र उपमेयर पदमा सरिता उपाध्यायले ४९९१ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका मेयरका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४५५३ मत र माओवादीका उपमेयरका उम्मेदवार रोहिना भाट (भण्डारी) ले ३०७६ मत प्राप्त गरेकी छन ।