बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्रको अग्रता

एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

बर्दिया । बर्दियाको मधुवन नगपालिकामा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । उक्त नगरपालिकामा माओवादीका मेयरका उम्मेदवारले ७६७३ मत र उपमेयरले ६८४२ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन ।

उक्त नगरमा काँग्रेसको मेयर पदका उम्मेदवारले ५०५५ मत र उपमेयरले ५३४५ मत प्राप्त गरेको छ । त्यसैगरी एमालेले मेयरमा ४८८४ मत र उपमेयरमा ४९०५ मत प्राप्त गरेको छ ।

यस नगरपालिकाको वडा नम्वर १, २,४,७ माओवादि केन्द्रको प्यानल विजयी भएको छ । वर्डा नम्वर ३ र ५ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वर्डा नम्वर ६ मा एमाले प्यानलै विजयी भएको छ।