कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकामा मत गणना जारीः माओवादी केन्द्र अग्रस्थानमा

एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

कञ्चनपुर । कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकामा नेकपा माओवादी केन्द्रको मेयर र उपमेयरमा अग्रस्थान रहेको छ ।

उक्त नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार लोकेन्द्र ऐरीले २७६० मत प्राप्त गरी पहिलो स्थानमा भएका हुन । त्यसैगरी उपमेयरमा कमला ऐरले २५९४ मत प्राप्त गरेकी छन ।

त्यस नगपालिकामा मेयर पदमा नेपाली काँग्रेसका दिलबहादुर ऐरले २५२३ मत र उपमेयरमा धर्मा ऐर विष्टले २०७५ मत प्राप्त गरेका छन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर पदका उम्मेदवार रणबहादुर महराले २२०० मत र उपमेयरमा तुलसीदेवी हमालले २१६५ मत प्राप्त गरेकी छन ।

उक्त नगरपालिकामा कुल मतदाताको संख्या २४७५७ रहेको छ भने १२ वटा वडा नं रहेका छन ।