सुनसरीको कोशी गाँउपालिकाको मतगणना स्थगित

असन्तुष्टि पक्षको पुन मत गणना गर्न माग

सुनसरी । समाजवादी फोरमका उम्मेदवार विजयी भएपछि सुनसरीको कोशी गाँउपालिकामा मत गणना कार्य स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसलेवाड नम्बर ८मा संघिय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेद्वारलाई विजय घोषणा गरेको भन्दै विरोध जनाएपछि उक्त वडाको मत गणना कार्य स्थगित भएको हो ।

सो क्षेत्रमा उक्त दलहरुले पुनः मत गणना गर्नुपर्ने माग राखेका छन । अहिले त्यस ठाउँको अवस्था तनावग्रस्त छ ।
त्यस विषमा निर्वाचन अधिकृत र असन्तुष्ट पक्षबिच छलफल भैरहेको छ ।