नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको अग्रता

कांग्रेस र माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको अहिले सम्मको राप्रपाको मेयरले ३७२३ मत प्राप्त गरी पहिलो स्थान कायम गरेका छन भने उपमेयरले २६४३ मत पाप्त गरेका छन ।

नेपाली कांग्रेसका मेयरले २१४५ मत प्राप्त गरेका छन भने उपमेयरले २८७७ मत ल्याई दोश्रो स्थान हासिल गरेका छन ।

त्यसै गरी नेकपा माओवादी केन्द्रका मेयरले २००९ मत प्राप्त गरेका छन भने उपमेयरले १७२३ मत प्राप्त गरेका छन ।

नेकपा एमालेका मेयरले १८४४ मत प्राप्त गरेका छन भने उपमेयरले २०८३ मत ल्याएर तेश्रो स्थान कायम गरेका छन ।