गोलाप्रथाबाट नेपाली कांग्रेस विजयी

अछाम । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका दुबै वडा अध्यक्षका उम्मेदवारको बराबर मत आए पछि गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवारले अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बारलामा जित हात पारेका छन ।

नेपाली काँग्रेसका तारा खनाल र नेकपा माओवादी केन्द्रका महारुप जैशीको समान ५१७ मत आए पछि गोलाप्रथाबाट कांग्रेसका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वडाका अन्य सबै चार सदस्य पदमा भने माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर २ ऋषिदहको वडा अध्यक्ष पदमा एमाले र माओवादी केन्द्रका दुबै उम्मेदवारले समान ३२८ मत ल्याएपछि पुन मत गणना गरिएको छ ।

पुन मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार दानबहादुर बुढा २ मतले एमाले उम्मेदवार मनबहादुर धामी भन्दा अगाडी देखिएपछि बुढा बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।