साँफेबगर र चौरपार्टीको मतगणना आजदेखि हुँदै

अछाम । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा अछामका चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाको आजदेखि मतगणना सुरु हुने भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर ४ को पायलस्थित बैजनाथ मावि मतदान केन्द्रमा एमालेले एकलौटी मतदान गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मतदान पुनः मतदानको माग गरेपछि गणना रोकिएको थियो ।

मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्न माग गर्दै दुई दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका

थिए ।

सो निवेदन निर्वाचन आयोगमा पठाएकोमा आयोगले मतदान सम्पन्न भएर मतपेटिक सम्बन्धित ठाउँमा पुगिसकेको र गणना रोक्नुपर्ने कुनै कारण नदेखिएको भन्दै सुचारु गर्न निर्देशन दिएपछि पुनः गणना सुरु भएको हो ।

चौरपाटी गाउँपालिकाको मतगणना भोलि बिहानबाट सुरु हुने भएको छ । यो समचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।